बक्राह खोलाको तटबन्धको काम बर्षायाम अघि नै सक्न निर्देशन, ४ अर्ब खर्च गरिने



विराटनगर, माघ २७ । सिंचाई मन्त्री दीपक गिरीले मोरङको बक्राह खोलामा निर्माण गर्न लागिएको स्थायी तटबन्धको काम आगामी वर्षायाम अघि नै सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्री गिरीसहितको सरकारी उच्च अधिकारी सम्मिलित टोलीले आज बक्राह खोलाको तटबन्धको निरीक्षण गरी चाँडै काम सम्पन्न गर्न निर्देशन दिएको हो । गत साउन ८ गते बक्राह खोलामा आएको बाढी मानववस्तीमा पस्दा मधुमल्ला, हसन्दह, अमरदहलगायतका गाविसका १ सय बढी घर परिवार विस्थापित बनेका थिए भने ५ सय हेक्टर खेती योग्य जमिन पुरिएको थियो । सरकारले बक्राह खोलामा स्थायी तटबन्धका लागि ४ अर्ब रुपैयाँ छुट्याएको छ । बक्राह खोलाको शीरदेखि भारतीय सिमासम्मको ५१ किलोमिटर तटबन्ध बनाउन सो रकम छुट्याइएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका डिभिजन इन्जिनियर डा. देवनारायण साहले जानकारी दिए । पहिलो चरणमा साँढे २ अर्ब रुपैयाँ खर्च गरिने बताइएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.