यस्तो भयो प्रतिपक्ष समेतको पाँच दलको बैठकमा


२७ माघ, काठमाडौं। प्रमुख पाँच दलको बैठक सकिएको छ । बैठकमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमाथि छलफल भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले बताए । प्रतिवेदन पुनरावलोकनका लागि सरकारद्वारा गठित समितिका संयोजक समेत रहेका मन्त्री पाण्डेले प्रतिवेदनमा सुधार गर्नुपर्ने विषयबारे दलहरुको सुझाव मागिएको बताए । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संवैधानिक आयोगले तयार पारिसकेको प्रतिवेदनमाथि सरकारले फेरि सुझाव माग्नुको औचित्य नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस नेता एवं उपप्रधानमन्त्री बिमलेन्द्र निधि, नेकपा एमालेका उपाध्यक्ष रावल, राप्रपाका अध्यक्ष कमल थापा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव सहभागी थिए । सरकारले आयोगको प्रतिवेदन पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न समितिलाई १५ दिनको समय दिएको छ । गत हप्ता स्थानीय विकास मन्त्री पाण्डेको संयोजकत्वमा गठित समितिमा उद्योग मन्त्री नवीन्द्रराज जोशी र आपूर्ती मन्त्री दीपक बोहारा सदस्य रहेका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.