गंगामायालाई बचाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडी धर्ना

काठमाडौं, माघ २० । छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि अनसनमा रहेकी गंगामाया अधिकारीलाई बचाउन माग गर्दै मानव अधिकारकर्मीहरुले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

टाउकोमा कालो फेटा बाँधेर उनीहरुले सरकारको बिरोध गरेका थिए । गंगामायाँलाई न्याय दिन ढीलाई भएको भन्दै उनीहरुले कानुनी साशन वहाली गर्नसमेत माग गरेकाछन् ।
सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै उनीहरुले सरकारले मानव अधिकारको उल्लंघन गरेको आरोप लगाए ।
गंगामायाका श्रीमान् नन्दप्रसादको दुई बर्ष अघि अनसनकै क्रममा निधन भएको छ । माओवादी कार्यकर्ताले २०६१ साल जेठमा चितवनमा गंगामायाका छोरा कृष्णप्रसादको हत्या गरेका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.