७२ वर्षीय बुबाले खुकुरी प्रहार गर्दा ४३ वर्षीय छोरा मारिए

२६ माघ, कैलाली।
कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ । गएराति ११.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उनका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बाबु छोराबीच जग्गाको विषयमा विवाद हुँदा बाउले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए । घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल पुर्याइएको थियो भने घोडाघोडी अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाउँदा उपचारकै क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाबु रोकायलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । यस्तै कैलालीको अत्तरिया नगरपालिकाको राजमार्गबाट करिब २० मिटर उत्तरतर्फ एकजना मृत अवस्थामा फेला परेका छन् ।


मृत अवस्थामा फेला परेका ३३ वर्षीय रमेश ऐरको कुनै घाउ चोट नरहेको र मुखबाट बान्ता गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक ऐरको सेती अञ्चल अस्पतालमा शव परीक्षण गरी आफन्तको जिम्मा लगाएको छ । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.