मध्यरातमा विश्वास चुँडिदा अञ्जली सिंहका लागि आफ्नै पति बने यमराज


कैलाली ।सँगै बाँच्ने सँगै मर्ने कसम खाएर विवाह गरेका श्रीमानले २ महिनामै आफ्नो हत्या गर्ला भनेर कुन श्रीमतीले कल्पना गर्न सक्ला र ? तर, धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी १६ वर्षीया अञ्जली सिंह यस्तै अपत्यारिलो तीतो स्वीकार्नु प¥यो । २ महिना अघि विहे गरेर भित्र्याएका २२ वर्षीय श्रीमान् हिम्मत सिंहले अञ्जलीको विश्वास यही तोडिदिए । जस्को कारण अञ्जली अब यो दुनियाँमा रहिनन । श्रीमतीको चरित्रमाथि शंका गरेर आफुले जघन्य अपराध गरेको हिम्मतले प्रहरी समक्ष स्वीकार गरेका छन् । गत पुष ८ गते प्रेम विवाह गरेको यी जोडीको २ महिना नपुग्दै श्रीमती महिनावारी नभएपछि अरु कसैको गर्भ रहेको आशंकामा हत्या गरेको अभियुक्त हिम्मत सिंहले बताएका छन् । उनले योजनाबद्ध ढंगले २८ गते राति साढे एक बजे अञ्जली सुतिरहेको अवस्थामा घाँटीमा डोरीले बाधेर हत्या गरेपछि नजिकै रहेको खोलामा लगेर खाल्टोमा पुरेका प्रहरीसमक्ष बताएका छन् । अभियुक्तलाई जन्म कैदको माग गर्दै मृतक अञ्जलीका आफन्तले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा नारावाजी गरेका छन् । निकै मिलनसार तथा कसैसंग नराम्रो ब्यवहार नगर्ने अञ्जलीको हत्या गरेको आरोप लागेका श्रीमान सिंहलाई जन्म कैदको सजाय हुनु पर्ने उनिहरुको माग छ । आर्थिक अवस्था कमजोर भएका कारण छोराछोरीको खर्चका लागी भारतमा रोजगारी गर्दै आएकी मृतक अञ्जलीकी आमा सरिता सिंहले घटनामा परिवारका अन्य सदस्यको समेत हात रहेको दाबी गरे । उनले श्रीमान् वितेको १ बर्ष नपुग्दै छोरीको हत्या गर्ने अपराधीलाई सजायको माग गरेका छन् । माघ २७ गतेवाट छोरी बेपत्ता रहेकोले खोजी गरिदिन युवती पक्षवाट बुधवार नै जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो । लगत्तै थालिएको अनुसन्धानका क्रममा युवतीको शव हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर गारिडएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । हिक्मत सिंहले नशाको सुरमा आफूले हत्या गरेर गाडेको बयान दिएपनि प्रहरीले यसको गहिराईमा पुगेर अनुसन्धान गर्न जरुरी रहेको सरोकारबालाहरुले बताएका छन्

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.