कुवेतमा एक नेपालीले जिते १ करोडको कार

  कुवेत –
कुवेतमा राजु थापा नाम गरेका एक नेपालीले १ करोडको कार जितेका छन् । कुवेतको चर्चित सपिंग मल ग्राण्ड हाईपरद्वारा आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि सन्चालन गरेको लक्की ड्रमा नेपाली ग्राहक राजु थापाले मर्सिडिज बेन्ज कार जितेका हुन् । थापा ग्राण्ड हाईपर सुपरमार्केटमा ५ कुवेती दिनारको सामान खरीदमा पाईने कुपनबाट भाग्यशाली विजेतामा छनौट भएका हुन् । कुवेती दिनार २८००० हजार (झण्डै १ करोड नेपाली रुपैयाँ बराबरको) सो कार बुधबार साँझ ग्राण्ड हाईपरमा भएको लक्की ड्रमा राजु थापा नाम गरेका नेपालीलाई परेको हो । राजु थापा घोषणा भएपनि निजको पूर्ण विवरण भने आउँ बाँकी छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.