महतोलाई प्रचण्डको आग्रह, ‘बाध्यता बुझिदिनुस्’

५ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेट गरेका छन् ।
उनले महतोलाई बालुवाटारमा बोलाएर अब सरकारले चुनावको मिति घोषणा गर्ने जानकारी गराएका थिए । फागुन १० अघि नै चुनावको मिति तोक्ने तयारीमा रहेका प्रचण्डले मोर्चालाई फकाउन सुरु गरेका हुन् ।
उनले चुनावको मिति घोषणा गर्नु आफ्नो बाध्यता रहेकाले त्यसलाई बुझिदिन आग्रह गरेका थिए । तर महतोले त्यसलाई अस्वीकार गरेको बताए । ‘प्रधानमन्त्री जी ले चुनावको मिति तोक्नुपर्ने बाध्यता छ भन्नुभयो, महतोले भने, मैले पनि त्यसपछि आन्दोलनमा जानु मोर्चाको बाध्यता हुन्छ भनिदिएँ ।’
यसअघि संविधान संसोधन विधेयक पास नभई चुनावको मिति घोषणा नगर्ने वचन दिएका प्रधानमन्त्रीले आफ्नो बाध्यता भन्दै चुनाव तोक्ने संकेत गरेपछि मोर्चाले आन्दोलनको आन्तरिक तयारी गरिरहेको नेताहरुले बताएका छन्

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.