Breaking news>>> मधेसी मोर्चाद्धारा मधेस बन्दको घोषणा


९ फागुन, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरे लगत्तै मधेसी मोर्चाले मधेस बन्दको घोषणा गरेको छ । तीन बुँदे सहमति सरकारले कार्यान्वयन नगरी निर्वाचनको मिति घोषणा गरेको भन्दै मोर्चाले मधेस बन्द गर्ने निर्णय गरेको हो । मधेसी मोर्चाले सरकारले तीनबुँदे सहमतिलाई लत्याउँदै संविधान संशोधन अघि घोषणा गरेको चुनावलाई बहिष्कार गर्दै मधेशी मोर्चाले मधेशव्यापी आन्दोलन थाल्ने निर्णय गरेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले नेपाली हेडलाइन्सलाई बताए । मोर्चाले सरकारले बैशाख ३१ गतेलाई घोषणा गरेको निर्वाचनलाई मधेशी मोर्चाले कुनै पनि हालतमा हुन नदिने निर्णय गरेको छ । भोलि मंगलबार साँझ चुनावको विरुद्धमा मसाल जुलूस प्रदर्शन गर्ने, पर्सी बुधबार मधेश बन्द गर्ने मोर्चाको निर्णय गरेको यादवले बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.