Big Breaking News: अन्ततः सरकारले तोक्यो चुनावको मिति

९ फागुन, काठमाडौं । अन्ततः सरकारले स्थानीय तह निर्वाचनको मिति ताेकेकाे छ ।
आजै तेस्रो पटक बसेको मन्त्रीपरिषद बैठकले बैशाख ३१ मा देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए । मन्त्रीपरिषद बैठक भने जारी छ ।
सरकारले निर्वाचनको मिति तोक्न बैठक बस्नु अघि निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन मितिबारे परामर्श गरेको थियो ।
यसअघि आयोगले जेठ १ र २१ गते गरी दुई चरणमा चुनाव गर्न प्रस्ताव गरेपनि सरकारले त्यसलाई अगाडि सार्ने र एकैचरणमा चुनाव गर्ने गरी परामर्श मागेको थियो ।
त्यसपछि आयोग पदाधिकारीको बैठकले बैशाख ३१ को मिति सरकारलाई सुझाएको थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.