वैशाख ३१ निर्वाचन मिति प्रस्ताव , क्याबिनेट बैठक जारी

काठमाडौं—निर्वाचन आयोगले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार भेट गरेर सो मिति सिफारिश गरेका हुन्।
 
‘आयोगको सिफारिशलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनु भएको छ। मन्त्रिपरिषदले छिटै सो मितिमा चुनाब घोषणा गर्ने अपेक्षा छ’, प्रमुख आयुक्त यादबले नागरिकन्युजसँग भने।
आयोगको सिफारिशलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनु भएको छ। मन्त्रिपरिषदले छिटै सो मितिमा चुनाब घोषणा गर्ने अपेक्षा छ’, प्रमुख आयुक्त यादबले नागरिकन्युजसँग भने।
प्रधानमन्त्री दाहाल निकट स्रोतहरुले सोमबार निर्वाचन मिति घोषणा गर्ने जानकारी दिएका थिए। सोमबार बिहान १० बोलाइएको मन्त्रिपरिषद बैठकबाट निर्वाचन मिति घोषणा हुने अपेक्षा थियो।
सो बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो। दोस्रो पटक आजै बसेको मन्त्रिपरिषदले १४ राजदूतको सिफारिश गरेको थियो। निर्वाचन मिति घोषणा गर्न अहिले मन्त्रिपरिषद बैठक जारी छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.