कुलमान घिसिङले दिए अर्को महत्वपूर्ण जानकारी



खोटाङ, २३ कात्तिक-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान तामाङ घिसिङले खोटाङमा उत्पादन गर्न लागिएको दूधकोसी जलविद्युत आयोजनालाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मङ्गलबार खोटाङ आएका निर्देशक तामाङले दूधकोसी जलविद्युत आयोजनालाई तामाकोसीकै मोडलमा सञ्चालन गरिने जानकारी दिए । सांसद पाँचकर्ण राई (पिके) लगायत जिल्लावासीले दूधकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय महत्वको आयोजनाका रुपमा राखेर कामलाई तीव्रता प्रदान गर्न माग राखेपछि तामाङले आयोजनालाई स्वदेशी मोडलमा सञ्चालन गर्न कम्पनी दर्ता गर्ने तयारी भइरहेको बताए । खोटाङको लामीडाँडास्थित रभुवाघाटबाट उत्पादन गर्न लागिएको ३०० मेगावाट क्षमताको सो आयोजनाको तीन वर्षअघिदेखि प्रक्रिया थालिएको हो । उक्त आयोजनाको लागि अहिले सम्भाव्यता अध्ययन, इन्जिनियरिङ डिजाइनिङ, जलाशय परीक्षणलगायतका काम भइरहेको छ । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.