प्रेमिकाको हत्यापछि १ करोड ५० लाख फिरौती माग, यसरी समातिए रेशम

काठमाडौं– प्रेमिकाको हत्या अभियोगमा प्रहरीले एक व्यक्तिलाई  मंगलबार पक्राउ गरेर सार्वजनिक गरेको छ ।
सिन्धुपाल्चोक घर भई बुढानिलकण्ठ बस्दै आएको सन्तोषी नेपालीको हत्याको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप घर भई भक्तपुरको ठिमी बस्दै बस्ने रेशम भनिने मुक्तिनाथ लामिछानेलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
मृतक नेपाली र लामिछानेबीच ७ महिना अघिदेखि प्रेम सम्बन्ध रहेको र बीचमा प्रेममा खटपट आएपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
प्रहरीका अनुसार गत बैशाखमा लामिछाने र नेपाली बुढानिलकण्डस्थित एक पानी कम्पनीमा कार्यरत थिए भने त्यही काम गर्दा बखत उनीहरुबीच प्रेम सम्बन्ध भएको थियो । सो बीचमा लामिछानेले नेपालीलाई पैसा समेत दिने गर्दथे । तर, पछिल्लो समय उनीहरुबीच प्रेम सम्बन्धमा खटपट आएको र नेपालीले अर्कै युवकसँग प्रेम गर्न थालेपछि लामिछाने रुष्ट बनेको प्रहरीले जनाएको छ ।
विवादकै क्रममा उनीहरुबीच कात्तिक १२ गते चावहिलमा भेट भएको र त्यहीँबाट लामिछानेले नेपालीलाई भक्तपुर पुर्याएका थिए । घरमा पुगेपछि उनीहरु बीच प्रेम सम्बन्ध भएको बेला लामिछानेले दिएको भनिएको पैसाको बारे विवाद भएको र विवाद बढ्दै जाँदा गुन्द्री बुन्ने हतासाले आक्रमण गरी नेपालीको हत्या भएको प्रहरी भनाई छ ।
हत्यापछि मृतकको बाबुसँग १ करोड ५० लाख फिरौती माग
हत्यापछि लामिछानेले नेपालीको शवलाई भक्तपुरकै निलबाराहीको जंगलमा फ्याँकेको र त्यहाँबाट फर्किएर नेपाली अपहरणमा परेको भन्दै मृतकको बुबासँग १ करोड ५० लाख फिरौतीसमेत माग गरेको प्रहरी भनाई छ ।
त्यसपछि घटनालाई लुकाउन उल्टै मृतकको बुबाको सहयोगी जस्तो बनेर खबर गर्न पुगेको समेत खुल्न आएको छ । २० गते मृतकको शब भेटिएपछि भने अनुसन्धानको क्रममा प्रहरीले आज लामिछानेलाई पक्राउ गर्न सफल भयो ।
अभियुक्तलाई थप कानुनी कारबाहीको लागि महानगरीय प्रहरी बृत्त डिमी पठाइएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.