“राष्ट्रनिर्मातालाई बिर्सनु भनेको आफैलाई बिर्सनुजस्तै हो”



२२ पुस, काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नसम्झनु भनेको आफैले आफैलाई बिर्सिएजस्तै हुने टिप्पणी गरिएको छ । राष्ट्रिय एकता दिवस नागरिक मूलसमारोह समितिद्वारा आज यहाँ आयोजित पृथ्वीनारायण शाह र देशको वर्तमान अवस्था विषयक विचार गोष्ठीमा सहभागि वक्ताले बाइसौ/ चौबिसौँको सङ्ख्यामा रहेका राज्यलाई अग्रेजबाट बचाउन उनकै नेतृत्वमा नेपालको भौगोलिक एकिकरण भएको घटनालाई कसैले पनि बिर्सन नहुने धारणा व्यक्त गरे । जनआन्दोलन २०६२/६३ क्रममा राष्ट्रनिर्माताको सालिकमा तोडफोड गर्नेजस्ता अनादर काम गरेकोमा अहिले उनीहरुले पश्यताप गरेका छन्, भन्दै उनीहरुले अहिले उठेका जातीय नाराले पृथ्वीको मानमर्दन मात्रै होइन, राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रताको पाटोलाई ओझेलमा पारेको धारणा व्यक्त गरे । सो अवसरमा पूर्व सूचना तथा सञ्चारमन्त्री श्रीशम्शेर राणाले पछिल्लो समय केही राजनीतिक दलले राष्ट्रनिर्माताको योगदान र इतिहासलाई नै समाप्त पार्ने खेल गरिरहेको बताए । राप्रपाका सहायक महामन्त्री मीरा राणाले दक्षिण एसियाली मुलुकमध्ये नेपाललाई अपराजयको कोटीमा राख्न राष्ट्रनिर्माताले पु-याएको योगदानप्रति सबै नेपालीले गौरव गर्न आवश्यक भएको बताए । मूलसमारोह समितिका उपाध्यक्ष शङ्करप्रसाद पौडेल, पूर्व सहायकरथी दीगम्बर शम्शेर राणा, समासेवी मथुरामोहन श्रेष्ठलगायतले राष्ट्र निर्माताको सम्मानमा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते राष्ट्रिय बिदाको घोषणा गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । विस १९७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकिकरण गरेका थिए । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.