समाजसेवी तथा कालकार धुर्मुस—सुन्तलीले ५६ मुसहर परिवारलाई ब्ल्यांकेट वितरण (फोटोफिचर)

महोत्तरीः न्यानो लुगाफाटोको अभावमा चिसोमा कठ्यांग्रिएका महोत्तरीको बर्दिवास नगरपालिका मुसहर बस्तीमा ब्ल्यांकेट वितरण गरिएको छ । नगरपालिका २ स्थित मुसहर बस्तीका ५६ घरपरिवार मुसहरलाई ब्ल्यांकेट वितरण गरिएको छ । क्वीक स्वयंसेवक समूहका युवाले बर्दिवास आएर विपन्न मुसहर बस्तीमा ब्ल्यांकेट वितरण गरेका हुन् ।
समाजसेवी तथा कालकार धुर्मुस—सुन्तलीले मुसहरलाई ब्ल्यांकेट वितरण गरे । सोही बस्तीमा धुमुर्स सुन्तली फाउण्डेसनले एकीकृत नमुना बस्ती बनाउने तयारी सुरु गरेको छ । अहिले भने मुसहर परिवार त्रिपालभित्र चिसो रात बिताइरहेका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.