एनआइसी एसिया बैैंकबाट निकालेको पैसा भक्तपुरमा फिल्मी शैलीमा लुटियो



भक्तपुर–मध्यपुर ठिमी कौशलटारमा रहको एनआइसी एसिया बैैंकबाट एक महिलाले निकालेको ५ लाख लुटिएको छ । –बालकुमारी कोलोनी थिमीमा बस्ने मन्दिरा अधिकारीले सहकारीमा किस्ता तिर्न निकालेको ५ लाख र उनको साथमा रहेको १ लाख रुपैँया गरेर ६ लाख लुटेर लुटेरा फरार भएका छन् । शुक्रबार मध्याहन्नमा बैंकबाट पैसा निकाले र नजिकै रहेको सिन्धु कन्टेनर सहकारीमा मासिक किस्ता तिर्न लाग्दा उनको साथबाट उक्त रकम लुटिएको हो । प्रहरीको अनुसार मोटरसाइक रोक्ने बित्तिकै रातो कालो रंगको पल्सर मोटरसाईकलमा आएका लुटेराले उनको पैसा राखेको झोलो खोरेर भागेका थिए । रकम लुटेर फरार रहेकाहरुको खोजि भइरहेको र मोटरसाईकलको रंग रातो पालो र बा.७९ प लट सम्म खुलेको महानगरीय प्रहरी वृत्त थिमीले जानकारी दिएको छ । घटनापछि भक्तपुर प्रहरीले सबै नाकाहरुको सुरक्षा व्यवस्था कडापारी लुटेराको खोजी गरिरहेको वृत्तले जानकारी दिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.