युएईमा घाइते जीवनलाई आर्थिक सहयोग


युएई –सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका झापा,सुरूङ्गा ३ का जीवन रानाको उपचारको लागी झापाली समाज यूएईले आर्थिक सहयोग गरेको छ ।
झापाली समाज यूएई कोषाध्यक्ष अशोक चापगाई र बिनीता बिमलीले गत बुधबार अस्पताल पुगी १ लाख २० हजार रकम आर्थिक सहयोग गरेका हुन् ।

गत डिसेम्बर २५ तारिक बाटो काट्ने क्रममा सबारी साधनले ठक्कर दिई ढाडको दुईबटा हड्डी र खुट्टा भाँचिएपछि जीवनलाई उपचारार्थ सारहजास्थित कुबेती अस्पतालको अर्थोपेडिक वार्डमा उपचार लगिएको थियो । उनलाई अहिले अप्रेशनको लागी फुजेरा अस्पतालमा राखिएको छ ।
चिकित्सकको भनाई अनुसार उनको उपचारको लागी कम्तिमा २० हजार दिराम लाग्ने (६ लाख) रूपैयाँ लाग्ने र कम्पनीको तर्फबाट कुनै सहयोग नआएकोले यूएईमा रहेका सम्पूर्ण संघ संस्था तथा संपूर्ण नेपालीलाई सहयोग गरीदिन आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.