मुम्बई आक्रमणका ‘मास्टरमाइन्ड’ सइद आफ्नै निवासमा नजरबन्दमा

काठमाडौं, माघ १८ । पाकिस्तानले मुम्बई आक्रमणका ‘मास्टरमाइन्ड’ मानिने धर्मगुरु हफिज सइदलाई नजरबन्दमा राखेको छ ।

सन् २००८ मा भएको आतंककारी आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो । सइदले भने आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।

तर, दिल्ली र वासिंगटनले सइद उक्त नरसंहारको मास्टरमाइन्ड रहेको दाबी गर्दै आएका छन् ।
प्रतिबन्धित ‘लस्कर ए तोइवा लडाकू’ समूहका नेता सइदलाई पक्राउ गर्नेलाई अमेरिकाले १ करोड डलर पुरस्कार राखेको छ । उनी लाहोरमा आफ्नै निवासमा नजर बन्दमा छन् ।
सइदका प्रवक्ताले अमेरिकी दबाबमा पाकिस्तान सरकारले सइदविरुद्ध कदम चालेको जिकिर गरेका छन् ।
सोमबार (हिजो)मात्र लाहोरको एक मस्जिदबाट उनलाई प्रहरीले घर पुर्‍याएर नजरबन्द गरेको हो ।
सन् २००८ को मुम्बई आक्रमणलगत्तै पनि नजरबन्दमा राखिएका उनी ६ महिनापछि मुक्त भएका थिए । (एजेन्सी)

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.