पृथ्वी जयन्तीमा होला त भोलि सार्वजनिक विदा ?



काठमाडौं, २६ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्य जयन्ती एवं राष्ट्रिय एकता दिवसमा भोलि पुस २७ गते बुधबार सार्वजनिक विदा हुने कि नहुने भन्ने अन्योल कायमै छ । सरकारले अहिलेसम्म निर्णय गरिसकेको छैन् । र, प्रधानमन्त्री पुष्पकमल दाहालमाथि विदाका लागि चौतर्फी दबाब परेको छ । धेरैले ‘भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने तर नेपाली राष्ट्र निर्माण गर्ने नायकको जन्म जयन्तीमा किन विदा नदिने ?’ भन्दै आक्रोश समेत पोखिरहेका छन् । यही अन्योलका बीच उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले भोलि विदा दिने कुनै निर्णय नभएको जानकारी दिए । ‘भोलि विदा छैन्,’ दाहालले दैनिक नेपालसँग भने- ‘सम्भावना हुन पनि सक्छ, नहुन पनि सक्छ । अहिलेसम्म कुनै निर्णय भएको छैन् ।’ यसअघि कांग्रेस र राप्रपाबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राष्ट्रिय एकता दिवसमा विदा दिने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लैजादा प्रधानमन्त्री दाहाल सकारात्मक देखिएको समाचार आएको थियो । तर, निर्णय भने अहिलेसम्म भएको छैन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.