प्रेमिकालाई भ्यालेन्टाइनको उपहार दिन खोज्दा प्रेमी प्रहरी खोरमा


एजेन्सी: 'भ्यालेन्टाइन डे'मा आफ्नो प्रेमी-प्रेमिकाले एक अर्कालाई आकर्षक उपहार वा महँगो दिने गर्छन्। तर त्यही गिफ्ट महँगो तरिकाले दिन खोज्दा एक प्रहरी खोरमा पुगेका छन।
भारतीय सञ्चार माध्यमका अनुसार प्रेमिकालाई खुसी बनाउन मुम्बइका एक प्रेमीले गाडीमा २ हजारको नोट टासेपछि उनलाई मुम्बइ प्रहरीले पक्राउ गरेको छ। 
उनले प्रेमिकालाई उक्त कारमा पैसा टासेर दिन तयार गरेको कारको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। पैसा टाँसिएको कारको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो।
पक्राउपछि प्रेमिले आफ्नो मायालुलाई संसारमै नयाँ तरिकाले फकाउन खोजेको बयान दिएका छन्। उसले भनेका छन्, 'मैले प्रेमिकालाई फकाउन नयाँ आडिया लगाएको मात्रै हुँ। यो आडिया गलत हुन गएकोमा म माफी चाहन्छु। तर प्रेमिकालाई धेरै नै मन पराउँछु।'

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.