प्रचण्डले बताए ओली र देउवासंग गरेको एक संकल्प

४ फागुन, पाँचथर।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ ७ गतेभित्र तिनै तहको निर्वाचन गर्नुको बिकल्प नरहेको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले हिजै मात्र प्रमुख तीन दलका नेताहरु शेरबहादर देउवा र केपी ओलीबीच निर्वाचनको बिषयमा संकल्प गरि कुरा भएको र असन्तुष्ठ मधेशवादी दलहरुसंग पनि कुरा भइसकेकोले अव कुनै पनि हालतमा निर्वाचनको समय घोषणा गर्न ढिलाई नगर्ने बताए ।
उनले बैशाखभित्रै स्थानिय निकायको निर्वाचन गर्ने गरि दुई चार दिनभित्रै निर्वाचनको मिति घोषणा हुने बताए । प्रधानमन्त्री प्रचण्डले आज पाँचथरको नागीन र याङनाममा निमार्ण सम्पन्न भएको १४.९ मेगावाटको हेवा जलविद्युत आयोजनाको उद्घाटन गर्दै सो कुरा बताएका हुन ।
प्रधानमन्त्री प्रचण्डले नेपालको तिब्र आर्थिक विकासको लागि विद्युतीकरण नै महत्वपुर्ण आधार हुने बताए । उनले एकतिर देशैभर साना जलविद्युतका आयोजना निमार्ण गर्ने सम्भावना रहेको छ भने अर्कोतर्फ तमोर, बुढीगण्डकी जलाशययुक्त आयोजना संञ्चालनबाट देशलाई समृद्धीतर्फ अघि बढाउन सकिने बताए ।
सो कार्यक्रममा उर्जामन्त्री जनादर्न शर्मा प्रभाकरले उज्यालो नेपाल अभियानबाट लोडसेडिङ कम गर्न सहयोग पुगेको धारणा ब्यक्त गरे । उर्जामन्त्री शर्माले मन्त्रीले नीति बनाउनुपर्नेमा सबस्टेशन कहाँ चार्ज भएन र कहाँ लाइन काट्नु पर्ने भन्ने जस्ता बिषय समेत हेर्नुपरेकोमा दुःख ब्यक्त गरे ।
उर्जामन्त्री शर्माले विद्युत लाइन बिस्तारमा बिभिन्न कठिनाइ आएकाले सरकारले एकिकृत बिकासको योजना ल्याउन नीतिगत तयारी गरेको बताए ।
कार्यक्रममा पूर्व सभामुख तथा एमाले संसदिय समितिका उपनेता सुभाष नेम्बाङले सरकारले संविधान कार्यान्वयन गर्न तत्काल निर्वाचन घोषणा गर्नु पर्ने बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.