दुनियाँकै पाकी डाक्टरः जसले ८९ वर्षको उमेरमा समेत दिनहुँ ४ शल्यक्रिया गर्छिन्


उमेर बढ्दै गएपछि बुढेसकालमा मानिसहरु जानेको कुरा पनि भुल्दछन्, थाक्दछन् र हिम्मत पनि हराउँछ भनिन्छ । तर यो आम सोचाई एक वृद्धा डाक्टरले गलत सावित गरिदिएकी छन् । ८९ वर्षको उमेरमा समेत ती महिला डाक्टरले दिनहुँ चार जना विरामीको शल्यक्रिया गर्छिन् । रुसको रियाजना सिटी अस्पतालमा कार्यरत शल्यचिकित्सक एला इलियंचना लेभुसिकिना दुनियाँकी सबैभन्दा पाकी सक्रिय डाक्टर हुन् । उनी अहिले पनि युवा अवस्थामै जस्तो तल्लीन भएर कार्यक्षेत्रमा खट्छिन् । उनी अविवाहित हुन् र आफ्नो घरमा आफ्नो अपांग भतिजो र आफ्ना प्यारा ८ वटा बिरालोहरुसँग बस्छिन् । सन् १९५० बाट शल्यक्रिया गर्न सुरु गरेकी एलासँग झण्डै ६७ वर्षको अनुभव छ । उनको हातबाट अपरेशन गर्दा अहिलेसम्म एकजना विरामीको पनि गलत अपरेशनले ज्यान गएको छैन । आफूसँग अवकाशपछिको कुनै योजना नभएकाले आफ्ना लागि काम नै सबैथोक भएको उनी बताउँछिन् । उनका लागि सर्जरी केवल पेशा मात्र होइन, जिउने आधार पनि हो । उनले जिन्दगीमा केही यस्ता शल्यक्रिया पनि गरेकी छिन् जो अरु डाक्टरले हात लगाउने हिम्मत पनि गरेनन् । डाक्टर एला यति पाको उमेरमा पनि यति फिट र सक्रिय रहनुको राज के होला ? उनी भन्छिन्- मैले जे पनि खान्छु, निकै हाँस्छु र निकै रुन्छु पनि । यो उमेरमा पनि कामको त्यो तदारुकताले उनलाई महान बनाएको छ । एजेन्सी

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.