लोडसेडिङको अन्धकारभित्र हुने डरलाग्दा खेलहरु समाप्त भएः कार्यकारी निर्देशक घिसिङ



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकार भित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको बताएका छन्। कार्यकारी निर्देशक घिसिङले अब नेपाली जनताले लोडसेडिङको मार खेप्नु नपर्ने पनि स्पष्ट पारे। बुधबार काठमाडौंमा आयोजित सफलताका लागि प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब केही समयभित्रै लोडसेडिङ अन्त्य हुने घोषणा पनि गरे। उनले अब काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न आफूहरु लागि परेको जानकारी पनि दिए। प्राधिकरणले एकपछि अर्को गर्दै देशका विभिन्न सहरमा लोडसेडिङ मुक्त गराउँदै लागेको छ। कार्यकारी निर्देशक घिसिङले अब लोडसेडिङ हुन्छ कि भनेर निराश हुने अवस्था नरहेको पनि स्पष्ट पारे।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.