विप्लबले काठमाडौंबाटै गरे युद्धको उद्घाेष, युवाहरुलाई बन्दुक‍...

१ फागुन, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले फेरि युद्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

फाइल तस्बिर

पार्टी महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै उनले जनयुद्धको उपलब्धी रक्षाका लागि फेरि युद्ध लड्नुपर्ने बताएका हुन् । ‘माओवादीको मूल नेतृत्वले बेइमानी गरेका कारण फेरि एकपटक युद्ध लड्नुपर्ने अवस्था आएको छ, बिप्लबले भने, अब युवाहरु विदेश जान छाडेर फेरि एकपटक युद्धमा सामेल हुनुपर्छ ।
’अहिलेको राजनीति प्रचण्डको भाषण र केपी ओलीको उखान टुक्कामा अल्झिएको भन्दै विप्लवले भने ’दिनभरी प्रचण्ड बोल्छन, त्यसलाई केपी ओलीको एउटै उखान टुक्काले खाइदिन्छ । केपी ओलीको उखान टुक्कालाई प्रचण्डको ढाँटछलले खाइदिन्छ ।’
अहिले संघीयताको नाममा जनता झुक्याउने काम भइरहेको भन्दै महासचिव विप्लवले संघीयताको भ्रमबाट सबै जना मुक्त हुनुपर्ने बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.