राष्ट्रपति भएपछि ट्रम्पको व्यापार चौपट, एक कम्पनीले छोडिदियो साथ

२६ माघ, एजेन्सी।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छोरी इभान्का ट्रम्पको फेसन कम्पनीको कपडा बेच्न नमान्ने एक कम्पनी विरुद्ध गरेको ट्वीटको आलोचना भएको बीबीसीले खबर छापेको छ।
नोर्डस्ट्रोम नामक कम्पनीको निर्णय विरुद्ध ट्वीट गर्दै ट्रम्पले ‘इभान्कासंग राम्रो व्यवहार भएन’ लेखेका छन्।
ट्रम्पको ट्वीट पश्चात पेन्सिल्भेनियाका डेमोक्रेटिक सिनेटर बब केसीका प्रवक्ताले भने, ‘आफ्नो परिवारलाई फाइदा पुर्याउन नमान्दा राष्ट्रपति एक निजी कम्पनी माथी भड्किनु विल्कुल अनैतिक र अनुचित हो।’
बाराक ओबामाको कार्यकालमा ह्वाइट हासउमा सदाचार कायम गर्ने दायित्व सम्हालेका एक पूर्व अधिकारी नर्म इसने यो कदम ‘घृणास्पद’ बताउँदै नोर्डस्ट्रोम कम्पनिलाई ट्रम्प विरुद्ध क्यालिफोर्नियाको अनुचित प्रतिस्पर्धा कानुन अनुसार मुद्धा दायर गर्ने सल्लाह दिएका छन्।
नोर्डस्ट्रोम यस्तो पाँचौ स्टोर हो जसले बिक्रि घटेको कारण बताउँदै इभान्का ट्रम्पको कम्पनीको कपडाको बिक्रि बन्द गरेको छ।
ट्रम्पसंग जोडिएको उत्पादन बहिष्कार गर्ने मागका बीच यस्ता घटना घटेका हुन।
आन्दोलनकारीले सन् २००५ मा महिलाको शरीरबारे ट्रम्पको एक बयानलाई लिएर #GrabYourWallet नामको एक अभियान चलाएका छन्।
तथापि ह्वाइट हाउस यो विवादमा खासै महत्व दिएको छैन।
ह्वाइट हाउसका प्रवक्ताको अनुसार नोर्डस्ट्रोमको निर्णय राजनैतिक थियो र राष्ट्रपति केवल आफ्नो छोरीमाथी भएको ‘हमला’ लाई लिएर प्रतिक्रिया गरिरहेका थिए।
तर कम्पनीले दोहोर्याएको छ कि फैसला केवल व्यावायलाई ध्यानमा राखेर गरिएको थियो र इभान्का ट्रम्पलाई जनवरीमै यसको जानकारी दिइसकिएको थियो।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.