मलेसीयामा समेत छाडेनन् नेपालीहरुले चन्दा आतंक मच्चाउन, यसरी प्रहरी खोरमा



काठमाण्डौ । चन्दा आतंक मच्चाएको आरोपमा मलेसीयाली प्रहरीले ११ जना नेपालीलाई पक्राउ गरेको छ । मलेसीयाली प्रहरीले पत्रकार सम्मेलन मार्फत बताएको उक्त आतंक मच्चाउनेहरुमा २२ देखि ३६ बर्ष उमेर रहेको र उनीहरुले धारिलो हतियार, नेपालको झण्डा, अन्य लुटपाट र चोरीमा संलग्न हुने सामाग्री सहित बरामद गरेको बताएको छ । मलेसीयाबाट प्रकाशित हुने देनिक पत्रिका द स्टारका अनुसार पक्राउ परेकाहरु कुनैपनि काम गर्दैनन् र नेपाली समुदायका ब्यावशायी, कामदारसंग दाम संकलन गर्दछन्, कतीपय त गैरकानुनी रुपमा मलेशीया बसिरहेका छन् । प्रहरीले उनीहरुको निवासमा छापा मारेर पक्राउ गरेको हो । उक्त समूहले बिगतदेखि नै कम्तीमा २५ रिँगटका दरले चन्दा उठाएको समेत बताईएको छ । पत्रकार सम्मेलनमा त्यहाँको प्रहरीले थप अनुसँधान भईरहेको बताएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.