अब हुलाकबाट खीर र चाम्रेसमेत पठाउन मिल्ने



सूचना तथा सञ्चार मन्त्री राम कार्कीले हुलाक सेवालाई विस्तार र परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन्।आइतबार संसदमा बोल्दै मन्त्री कार्कीले हुलाक सेवालाई विस्तार गरेर एक घन्टाभित्रै सामान पठाउन र पाउन मिल्ने गरी तयारी भइरहेको बताएका छन्। आफ्नो कुनै पनि सामानहरू पोष्टअफिस मार्फत ठाउँ ठाउँमा रहेका कर्मचारीहरूले साइकल र मोटरसाइकलको माध्यमबाट ग्राहकको घर घरमा सामान पुर्‍याउने तयारी भइरहेको बताएका हुन्। ‘अब भक्तपुरमा बस्ने फूपेले बुढानिलकण्ठमा बस्ने भदैलाई खिर र चाम्रे एक घन्टा भित्र पठाउन सक्नेछिन्,’ उनले भने,‘ यसको तयारी तिब्र रूपमा थालिएको छ।’ सुरूमा काठमाडौं उपत्यकामा यो सेवा सुरू गर्ने भन्दै कार्कीले उपत्यका बाहिर वृद्ध भत्ता बाढ्नेलगायतका काम अब हुलाकमार्फत हुने जानकारी दिए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.